Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले खारेज गर्‍यो २ मनि चेञ्जर कम्पनीको लाइसेन्स

२०८१ श्रावण ३१ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले २ मनिचेञ्चर कम्पनीको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरी नविकरण नगरेका २ वटा कम्पनीको लाइसेन्स रद्द गरिएकाे जानकारी दिएकाे हाे ।

राष्ट्र बैंकले काठमाडौंको ठमेलमा रहेको रेन्बो मनि एक्सचेञ्ज प्रा.लि. र पुल्चोक ललितपुरमा रहेको कसा मनि एक्सचेञ्ज प्रा.लिको लाइसेन्स रद्द गरेको हो ।

मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौंथो संशोधनसहित) को विनिमय १९को उप विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको केन्द्रीय बैंकले जनाएको छ ।