Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बैतडीमा भैँसी बीमा गराउनेको संख्या ‘शून्य’, किसान भन्छन् – ‘पक्रिया थाहा छैन’

admin २०७३ मंसिर १२ गते
सेयर:

buffaloनेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बीमा कार्यक्रमबाट बैतडी जिल्लाका भैँसीपालक किसान भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका छन् । सरकारले बैतडीसहित २० जिल्लामा किसानलाई भैँसी सुत्केरी भत्ता दिने घोषणा गरेको भए पनि बैतडीका कुनै पनि कृषकले भैँसीको बीमा नगराउँदा भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका हुन् । यस जिल्लामा थुप्रै भैँसीपालक किसान रहेपनि अहिलेसम्म कसैले पनि बीमा गराएका छैनन् । 

नेपाल सरकारले भैँसीको पशु बीमा गराएका किसानलाई सुत्केरी भत्तावापत प्रतिभैँसी दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने गरेको छ । त्यस्तै, किसानले पशु बीमा गर्दा २५ प्रतिशत रकम मात्र तिर्नुपर्ने र अरु ७५ प्रतिशत रकम नेपाल सरकारले तिर्ने व्यवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. नवीन घिमिरेले बताए । “किसानलाई पटकपटक पशु बीमाका लागि आग्रह गर्यौँ तर पनि अहिलेसम्म जिल्लाका एउटा पनि किसानले पशु बीमा गराएका छैनन्” उनले भने “किसानले भैँसीको एक  लाख रुपैयाँ सम्मको बीमा गरेका छन् । भैँसीको कारणवस मृत्यु भयो भने बीमा कम्पनीले ९० हजार दिने प्रावधान छ ।” 

भैँसी सुत्केरी भत्ता पाउनका लागि भैँसी ब्याएको दुई महिनाभित्र निवेदन दिनुपर्ने, सम्बन्धित पशु सेवा केन्द्रको सिफारिस हुनुपर्ने र पशु बीमा गरिएको हुनुपर्ने प्रावधान छ । तर बैतडीमा कुनै पनि किसानले भैँसीको बीमा नगरेकाले किसानले भैँसी सुत्केरी भत्ता नपाएको समेत डा नवीन घिमिरेले जानकारी लिए ।

जिल्लाका धेरै किसान पशु बीमाको बारेमा अझै पनि अनविज्ञ रहेका छन् । जनचेतनाको अभाव र बीमाको पूरा प्रक्रियाको बारेमा थाहा नभएका कारण अहिलेसम्म बीमा नगराएको श्रीकोटका किसान हेमराज गिरीले बताए । उनले भने “किसानलाई बीमाको प्रक्रियाबारे थाहा छैन ।” सरकारले पशु बीमामा ७५ प्रतिशत अनुदान दिएको भए पनि किसानको यसतर्फ आकर्षण नहुँदा बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट भैँसीको मासुको मूल्यमा तराईलगायत राजधानीतिर निकासी हुने गरेको स्थानीय किसानको भनाइ छ । भैँसीमा विभिन्न किसिमका रोगको सङ्क्रमण हुनु, खरघाँसको पर्याप्त व्यवस्था नहुनु र भैँसीमा बाँझोपनको समस्या हुनुलगायतका कारणले भैँसी निकासी बढेको स्थानीय भैँसीपालक किसानको भनाइ रहेको छ । भैँसीहरु निकासी हुन थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा भैँसी लोप हुँदै गएका छन् । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।