Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

असर्फी खरिद गर्दा परिचय पत्रको अनिवार्य व्यवस्था लागू

२०८१ श्रावण १५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले असर्फी खरिदका लागि अनिवार्य परिचय पत्र चाहिने व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकको टक्सार महाशाखाले ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनिवार्य रुपमा नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र वा चालक अनुमति पत्रको आवश्यकता पर्ने उल्लेख गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले महत्वपूर्ण सामान बिक्रीगर्दा कम्प्यूटर बिलिङ्ग उपलब्ध गराइने व्यवस्था मिलाइएकोले परिचय पत्रको आवश्यकता परेको बताएको छ । त्यस्तै विदेशी नागरिकको हकमा राहदानी प्रस्तुत गर्नुपर्ने समेत सूचनामा उल्लेख छ ।