Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

मौद्रिक नीतिमा आईटी क्षेत्र : आधार दरमा २ प्रतिशत भन्दा बढी प्रिमियम थपेर ब्याज लिन नपाइने

admin २०८१ श्रावण १३ गते
सेयर:

बैंकिङ खबर/ सूचना प्रविधि क्षेत्रमा दुई करोडसम्मको कर्जामा आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थपेर ब्याज लिन नपाइने भएको छ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो नीति ल्याएका हुन् ।

यो व्यवस्था लागु भएपछि आईटी क्षेत्रमा दुई करोडसम्मको कर्जा लिँदा वित्तीय संस्थाले आधार दरमा दुई प्रतिशतभन्दा भन्दा बढी प्रिमियम थपेर ब्याज लिन पाउने छैनन् । ‘दुई करोडसम्मको लघु, घरेलु, साना तथा मझौला उद्यम, कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रवाह हुने कर्जामा आधार दरमा दुई प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न नपाउने व्यवस्थामा कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित क्षेत्रहरू थप गर्ने गरी पुनरावलोकन गरिनेछ,’ गभर्नर अधिकारीले भने ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।