Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैंकको आह्वान

२०८१ असार २० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बचत पत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन सार्वजनिक आह्वान गरेको छ । नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकमार्फत जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र खरिद गरेका लगानीकर्ताहरूले पाकेको साँवा ब्याज भुक्तानी लिन नआएको भन्दै राष्ट्र बैंकले सार्वजनिक सूचना गरेको हो ।

बिहीबार सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेका लगानीकर्ताहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ ।

केन्द्रीय बैंकले सरकारी ऋणपत्र तथा बचत पत्र जारी गर्दै सरकारका लागि आन्तरिक ऋण उठाउने गर्छ । तथापि, पछिल्लो समय यस्तो ऋण उठाउने र भुक्तानी गर्ने जिम्मेवारी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई सुम्पिएको छ । यसअघिको असुली तथा भुक्तानीको बाँकी दायित्व राष्ट्र बैंकले पुरा गर्न लागेको हो ।