Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा बजार निर्माता र बिक्री एजेन्टहरुको लाइसेन्स खारेज

२०८१ असार २० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै २०८१ असार १ देखि लाइसेन्स खारेज गरिएको जानकारी दिएको हो।

हाल सरकारी ऋणपत्रहरुको निष्काशन, नविकरण, दोस्रो बजार कारोबार र भुक्तानी लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेकोले लाइसेन्स खारेज गरिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ।

यसअघि नेपाल राष्ट्र बैंकले जारी गरेका सम्पूर्ण बजार निर्माता र बिक्री एजेन्टहरुको सो काम गर्दै आएका थिए। विभागद्वारा जारी सूचनामा उल्लेख छ, ‘२०८१ असार १ देखि सरकारी ऋणपत्रहरुको निष्काशन, नविकरण, दोस्रो बजार कारोवार र भुक्तानी लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेको सन्दर्भमा यसअघि नेपाल राष्ट्र बैंकले जारी गरेका सम्पूर्ण बजार निर्माता र बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी अनुरोध छ।’