Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुमा ८ अर्ब थपिँदा ३ अर्ब बाहिरियो, सीडी रेसियो कति ?

२०८१ असार १९ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १६ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८ अर्ब रुपैयाँले बढेर ६३ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६३ खर्ब २७ अब रुपैयाँ थियो।

असार १६ गते वाणिज्य बैंकहरुको मात्रै कुल निक्षेप ८ अर्ब रुपैयाँले बढेर ५६ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ५ अर्ब रुपैयाँ थियो।

असार १६ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ४६ अर्ब रुपैयाँ थियो।

यो १ दिनमा वाणिज्य बैंकहरुको पनि कुल कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ। असार १६ मा बैंकहरुको औसत सीडी रेसियो घटेर ७९.१८ प्रतिशत र अन्तबैंक ब्याजदर बढेर ३ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म सीडी रेसियो ७९.२२ प्रतिशत र अन्तरबैंक ब्याजदर २.९१ प्रतिशत थियो।