Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निक्षेप संकलन उपकरणमार्फत बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

२०८१ असार १९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन बोलकबोल बुधबार असार १९ गते हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपियाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनका लागि आह्वा गरिएको रकम बाँडफाँट गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी आह्वा गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।