Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

खोरङ्गा हाइड्रोपावरको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला

२०८१ असार १६ गते

बैंकिङ खबर/ खोरङ्गा हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै असार १४ गते सञ्चालक समितिको निर्णयबमोजिम चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशतले हुन आउने हकप्रद शेयर बिक्री खुला गरिएको जनाएको छ।

हाल कायम शेयरधनीहरुले आफूले ग्रहण गरेको शेयरको ५० प्रतिशतको दरले हुन आउने रकम कम्पनीमा जम्मा गर्न कम्पनीले आग्रह गरेको छ। यसका लागि असार ३० गतेसम्मको समयसीमा दिइएको छ। तोकिएको अवधिभित्र रकम जम्मा नगर्ने शेयरधनीहरुले शेयर प्रचलित कानुनबमोजिम गरिने कम्पनीले स्पष्ट पारेको छ।