Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ प्रणालीबाट एकै दिन ३ अर्ब निक्षेप घट्यो

admin २०८१ असार १२ गते
सेयर:

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा एकै दिन ३ अर्ब रुपैयाँले निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार शुक्रबारसम्म ६२ खर्ब ८० अर्ब रहेको निक्षेप शनिबारसम्म ६२ खर्ब ७७ अर्ब पुगेको हो।

त्यस्तै शुक्रबारसम्म कर्जा प्रवाह ५१ खर्ब ३६ अर्ब रहेकोमा शनिबार ५१ खर्ब ३५ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह १ अर्बले घटेको छ ।

शनिबारसम्म वाणिज्य बैंकमा निक्षेप ५५ खर्ब ५७ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ४२ अर्ब कर्जा प्रवाह भएको छ । सिडी रेसियो बढ्दै ७९.६८ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर ३.०० प्रतिशत छ। अघिल्लो दिन सिडी रेसियो ७९.६५ प्रतिशत थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।