Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक र बीमा कम्पनी मर्ज हुँदा पाउने कर छुटको व्यवस्था खारेज गर्न सुझाव

२०८१ असार ५ गते

बैंकिङ खबर/ कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरु मर्जर तथा प्राप्ती हुँदा पाउने कर छुट सम्बन्धी व्यवस्था खारेज गर्न सिफारिस गरिएको छ ।

२०८० भदौमा तत्कालिन अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको कर प्रणालीमा समसामयिक सुधार गर्न एक उच्च स्तरीय सुझाव समिति बनाएका थिए । पूर्व अर्थ सचिव विद्याधर मल्लिकको अध्यक्षतामा बनेको सुझाव समितिले उक्त सुझाव दिएको हो ।

मर्जर हुने बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई लाभांशमा लाग्ने कर, शेयर बिक्री गर्दा हुने नाफामा लाग्ने करमा छुट दिइएको थियो । कर्मचारी अवकाश हुँदा दिइने उपदान लाग्ने करमा पनि ५० प्रतिशतसम्म छुट दिने नीति छ ।