Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर बाँड्ने नागरिक लगानी कोषको प्रस्ताव

२०८१ असार १ गते

बैंकिङ खबर/नागरिक लगानी कोषले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कोषको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को आम्दानी बाँडफाँट विवरणबाट सेयरधनीलाई उक्त बोनस सेयर बाँड्न प्रस्ताव गर्ने निर्णय गरेको हो।

यसअनुसार कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरिएको छ। उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने र उक्त लाभांश अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई साधारणसभाबाट स्वीकृत भएपछि वितरण गरिने कोषले जनाएको छ।