Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तका लागि पैसा चलखेलको दाबीसहित अख्तियारमा उजुरी

२०८१ जेष्ठ ३२ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पैसाको चलखेल भएको बताउँदै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

अर्थ मन्त्रालयद्वारा गठित समितिमा चलखेल गर्दै विज्ञ सदस्यका रूपमा योग्यता नपुगेका व्यक्ति घुसाइएको दाबीसहित अख्तियारमा उजुरी परेको हो।

समितिमा योजनाबद्ध रुपमा स्वार्थसम्बद्ध व्यक्तिलाई राखिएको दाबी गरिएको छ। धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति र नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रकरणमा ५ अर्ब बराबरको भ्रष्टाचार हुन लागेको दाबी समेत उजुरीमा छ।

बोर्डमा भएको पैसाको चलखेलमा छानविन गरी कारवाहीको माग राखेर ‘सी–०७९२६८’ नम्बरको उजुरी दर्ता भएको हो।