Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ प्रणालीमा एकैदिन घट्यो १६ अर्ब निक्षेप

२०८१ जेष्ठ ३१ गते

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा एकै दिन १६ अर्ब रुपैयाँले निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबारसम्म ६२ खर्ब ४७ अर्ब रहेको निक्षेप सोमबारसम्म ६२ खर्ब ३१ अर्ब पुगेको हो।

त्यस्तै आइतबारसम्म कर्जा प्रवाह ५१ खर्ब ३३ अर्ब रहेकोमा सोमबार स्थिर रहेको छ । सोमबारसम्म वाणिज्य बैंकमा निक्षेप ५५ खर्ब १५ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ४२ अर्ब कर्जा प्रवाह भएको छ ।

सिडी रेशियो बढ्दै ८०.२० प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.९५ प्रतिशत छ। अघिल्लो दिन सिडी रेशियो ८०.०१ प्रतिशत थियो ।