Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर धितो कर्जा ९ अर्ब ६४ करोड धेरै प्रवाह

२०८१ जेष्ठ ३० गते


बैंकिङ खबर/  सेयर धितो कर्जा पनि १२.६ प्रतिशत अर्थात् ९ अर्ब ६४ करोड रुपैयाँ धेरै प्रवाह भएको छ। गत वर्षको साउनमा ७६ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा २०८१ वैशाख मसान्तसम्म यस्तो कर्जा ८५ अर्ब ९५ करोड रुपैयाँ प्रवाह भएको छ।

चालू आर्थिक वर्षमा सेयर धितो कर्जामा लाग्दै आएको जोखिमभारलाई कम गर्नुका साथै मौद्रिक नीतिबाट सेयरकर्जामा लगाएको सीमालाई खुकुलो बनाएसँगै त्यसको असर कर्जा प्रवाहमा देखिएको छ। सीमालाई खुकुलो गरेसँगै लगानीकर्ताले सेयर धितो कर्जालाई बढाएका छन्।