Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा राष्ट्र बैंकका दुई विकास ऋणपत्र सूचीकृत

२०८१ जेष्ठ २८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका दुई विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् । राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेका ५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी०८०३२०८९(२०८९०३) र १० अर्बको ‘एनपीडीबी०६०५२०८७ (२०८७०५) नेप्सेमा सूचीकृत भएको हो । विकास ऋणपत्र सूचीकृत भएको सम्बन्धमा नेप्सेमा एक सूचना जारी गर्दै यस्तो बताइएको हो ।

एनपीडीबी ०८०३२०८९ ऋणपत्रको वार्षिक ब्याजदर ५.३९ प्रतिशत रहेको छ । सो ऋणपत्र २०८१ वैशाख २० गते निष्काशन भएर नेप्सेमा सूचीकृत भएका हो भने यस ऋणपत्रको भुक्तानी २०८९ वैशाख २० गते रहेको छ । त्यस्तै एनपीडीबी ०६०५२०८७ ऋणपत्रको वार्षिक ब्याजदर ५.१७ प्रतिशत रहेको छ । २०८१ जेठ ७ गते निष्काशन भएको यो विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएको हो र यस ऋणपत्रको भुक्तानी २०८७ जेठ ७ गते रहेको छ ।