Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बजारमा ८% ले बढ्यो नगद परिचालन

२०८१ जेष्ठ १४ गते

बैंकिङ खबर / बजारमा नगद परिचालन ८ प्रतिशत बढीले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा वैशाखसम्म ६ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँ नगद परिचालन रहेको छ।

गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो १० महिनामा नगद परिचालन ८.६१ प्रतिशतले बढेको छ।

यो १० महिनामा सरकारी कोष ४५७.३८ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। वैशाखसम्म सरकारी कोषको आकार बढेर २ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको उचाइमा पुगेको छ।

वैशाखसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ५४ अर्ब १० करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो। आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ४७ करोड १ लाख रुपैयाँ रहेको छ।