Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

घरजग्गा खरिदमा ऋण भुक्तानी आम्दानी अनुपात बढ्यो

२०८१ जेष्ठ ४ गते

बैंकिङ खबर/घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात बढाइएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात बढाएर ७० प्रतिशत पुर्याएको हो।

घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी करचुक्ता प्रमाण पेश गरेका आधारमा ७० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ। यसअघि ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशत थियो।