Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली तयार

२०८१ जेष्ठ २ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ को मस्यौदा तयार गरेको छ । मस्यौदामा बैंक खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुने बताइएको छ ।

‘खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ र विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृत स्तरका कर्मचारीले सो सम्बन्धी निर्देशन दिन सक्नेछ’ विनियमावलीमा भनिएको छ ।