Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आजदेखि बैंकको नयाँ ब्याजदरः कुनको कति ?

२०८१ जेष्ठ १ गते

बैंकिङ खबर/वाणिज्य बैंकहरुले जेठ महिनाको लागि निक्षेपमा प्रदान गर्ने नयाँ ब्याजदर प्रकाशन गरेका छन् । प्रकशित ब्याजदर अनुसार १० वटा बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन्।

जसमध्ये एभरेष्ट र नबिल बैंकले सर्वाधिक ०.५ बिन्दुले व्यक्तिगत तर्फको निक्षेपको ब्याज घटाएका छन् । व्यक्तिगत निक्षेपतर्फको ब्याज घटाउने अन्य बैंकमा सिटिजन्स बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, प्राइम बैंक र कुमारी बैंक रहेका छन् ।

व्यक्तिगत निक्षेपको ब्याज घटाउने यी बैंक मध्ये कुमारी बैंक बाहेक सबैले संस्थागत निक्षेपको ब्याज पनि घटाएका छन् । कुमारीले भने संस्थागत निक्षेपको ब्याज स्थिर राखेको छ ।

हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक , र माछापुच्छ्रे बैंकले भने संस्थागत र व्यक्तिगत दुवै तर्फको निक्षेपको ब्याज स्थिर राखेका छन् ।

ग्लोबल आईएमई बैंक, र प्रभु बैंक र एनआईसी एशिया बैंकले भने व्यक्तिगत निक्षेपतर्फको ब्याज बढाएका छन् । यी मध्ये प्रभु बैंकले संस्थागत तर्फको निक्षेपको ब्याज स्थिर राखेको छ ।

बैंक जेठको लागि ब्याजदर (प्रतिशतमा) वैशाखको लागि ब्याजदर (प्रतिशतमा)
एनएमबि ७.८ ७.९७
एनआइसी एसिया ७.८ ७.७५
सिटिजन्स् ७.५
हिमालयन ७.५ ७.५
कुमारी ७.२६ ७.२६
माछापुच्छ्रे ७.२५ ७.२५
नबिल बैंक ६.७५ ७.२५
सिद्धार्थ ७.२५
प्राइम कमर्सियल ७.१
सानिमा ६.९ ७.१
प्रभु ७.५
लक्ष्मी सनराइज
ग्लोबल आइएमई ७.५
स्ट्यान्डर्ड चार्टर्ड
एभरेष्ट ६.५
नेपाल इन्भेष्टमेन्ट
नेपाल बैंक ६.७५ ६.७५
राष्ट्रिय वाणिज्य बैंक ६.४ ६.५५
नेपाल एसबिआइ ६.३९ ६.५३
औसत ७.०६ ७.१४