Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा ७७ लाख ४४ हजार कित्ता हकप्रद शेयर सूचीकृत

२०८१ बैशाख ३१ गते

बैंकिङ खबर/रिडी पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले निष्काशन गरेको ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद शेयर आज नेप्सेमा सूचीकृतभएको हो ।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिदबिक्री गर्न सक्ने छन् ।कम्पनीले फागुन १८ गतेदेखि चैत्र ८ गतेसम्म हकप्रद निष्काशन गरेको थियो।