Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरूको कर्जा असुलीमा समस्या

२०८० चैत्र २९ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा समस्या देखिएको छ । आम जनमानसमा ऋणी भन्दा पनि बैंकहरु नै गलत भएको भन्ने भास्यले गर्दा पछिल्लो समय कर्जा उठाउन जटिल भएको हो ।

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको माघ महिनामा ७ करोड २० ले रुपैयाँ बरावरको गैर बैंकिङ सम्पत्ति रहेकोमा फागुन महिनामा बढेर १८ करोड ४० लाख बराबर थप भइ कुल गैर बैंकिङ सम्पत्ति २३ अर्ब ९६ करोड ७० लाख रुपैयाँ बरावरको पुगेको छ । फागुन महिनामा बैंक तथा वित्तीय संस्थाले २० लाख रुपैयाँ बरावरको मात्रै कर्जा अपलेखन गरेका छन् ।

फागुन महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा अपलेखन कुल एक अर्ब ७१ करोड ८० लाख रुपैयाँ बरावरको भएको केन्द्रीय बैंकले जनाएको छ । साथै बैंकहरुले फागुन महिनामा कर्जा अपलेखनबाट हुने आम्दानी स्थिर अर्थात माघ महिनामा जति थियो त्यतीनै रहेको छ । बैंक तथा वित्तीय संस्थाले पछिल्लो समयमा कर्जाको डिफल्ट रेट बढ्न थालेपछि लगानी विस्तार भन्दा पनि कर्जा असुलीमा ध्यान दिएका छन् ।