लक्ष्मी बैंकका कर्मचारीद्वारा प्रबर्धित संस्था लक्ष्मी केयर “निश्वार्थ पहल” ले सुनाकली बुढालाई छात्रवृत्ति प्रदान गरेको छ । विहिबार एक औपचारिक हस्ताक्षर समारोहमा संस्थाले बुढालाई उच्च माध्यमिक शिक्षा हासिल गर्न उक्त छात्रवृत्ति प्रदान गरेको हो । हाल उनी लिटिल एन्जल्स स्कूल, हात्तीवनमा अध्ययनरत छिन् ।
सुनाकली, नेपालको विकट जिल्ला, मुगुकी किशोरी हुन् । उनीे सुनाकली नामक बृत्तचित्र फिल्मकी मुख्य पात्र समेत हुन् । उक्त बृत्त चित्रमा नेपालको विकट जिल्ला मुगुका किशोरीहरुकोे यर्थाथ जिवन र अप्ठ्यारो परिस्थितमा पनि आफनो कलाकौशलबाट फुटबल सिक्न र खेल्न सफल भएको देखाईएको छ । उक्त फिल्म विभिन्न १४ वटा अन्तर्राष्ट्रिय फिल्मी सम्मानद्वारा सम्मानित भइसकेको छ ।