Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कन्काई विकास बैंकका सेयरधनीलाई खुसिको खबर ! २० प्रतिशत बोनसपछि २१४ प्रतिशत हकप्रद

२०७३ मंसिर २ गते
सेयर:

कन्काई विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १३ लाख १५ हजार ७८९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैठकले बोनस पछि कायम चुक्तापूँजीको २१४ प्रतिशत अर्थात १ बराबर २.१४ को अनुपातमा हकप्रद शेयर दिने निर्णय समेत गरेको छ ।

बैंकको उक्त प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी मंसिर २५ गते बस्ने साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।

उक्त प्रयोजनका लागि आगामी मंसिर १० देखि शेयरधनी पुस्तिका बन्द हुनेछ । जसअनुसार, मंसिर ९ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकको बोनस र हकप्रद प्राप्त गर्नेछन् ।

kankai