Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

घट्यो निक्षेप, कर्जा स्थिर, यस्तो छ सिडी रेसियो

admin २०८० फाल्गुन २९ गते
सेयर:

बैंकिङ खबर/ बैंकिङ्ग प्रणालीमा एकै दिन २ अर्ब रुपैयाँले निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंगलबारसम्म ६१ खर्ब ७३ अर्ब रहेको निक्षेप बुधबारसम्म ६१ खर्ब ७१ अर्ब पुगेको हो ।

त्यस्तै मंगलबारसम्म कर्जा प्रवाह ५० खर्ब ८९ अर्ब रहेकोमा बुधबार भने कुनै घटबढ भएन । बुधबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ५८ अर्ब पुगेको थियो भने वाणिज्य बैंकबाट ४५ खर्ब २ अर्ब कर्जा प्रवाह भएको छ ।

सिडी रेशियो केही बढ्दै ८०.०५ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.८८ प्रतिशत छ। अघिल्लो दिन सिडी रेसियो ८०.०३ प्रतिशत थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।