
बैंकिङ खबर/आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष माघ महिनासम्म उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकको तथ्यांक अनुसार वार्षिक विन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ७.३ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.१ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो दावी २०.६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ४.३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ।



