
बैंकिङ खबर/नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले गभर्नर महाप्रसाद अधिकारीलाई छलफलका लागि बोलाएका छन् । अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री पुनले गभर्नर अधिकारीलाई आज दिउँसो छलफलका लागि डाकेका हुन्।
अर्थतन्त्रको पछिल्लो अवस्था, राष्ट्र बैंकका नीतिगत व्यवस्था र पुँजी बजारमा हाल देखिएका समस्याहरु विषयमा छलफल हुन हुने जनाइएको छ ।


