Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एकैदिन ५ अर्बले बढ्यो निक्षेप, सीडी ८०% नजिकै

२०८० फाल्गुन २१ गते

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बिहीबारसम्म ६१ खर्ब ६३ अर्ब रुपैयाँ रहेको निक्षेप शुक्रबारसम्म बढेर ६१ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको हो।

त्यस्तै बिहीबारसम्म कुल कर्जा प्रवाह ५० खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा शुक्रबार घटेर ५० खर्ब ८६ अर्ब रुपैयाँमा झरेको छ। एकैदिनमा कर्जा प्रवाह १ अर्बले घटेको छ।

शुक्रबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ४४ खर्ब ९९ अर्ब कर्जा प्रवाह भएको छ। बैंकिङ प्रणालीमा तरलता बढेसँगै बैंकहरुको औसत सीडी रेसियो घटेर ८०.०४ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर ३.०३ प्रतिशत छ। अघिल्लो दिन औसत सीडी रेसियो ८०.१२ प्रतिशत थियो।