Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सहकारीमा समस्या आउँदा बैंकमा पनि समस्या आयोः गभर्नर अधिकारी

२०८० फाल्गुन १४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा समस्या आउदा बैंकमा पनि समस्या आएको बताएका छन्। नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। गभर्नर अधिकारीले सहकारीको रिपेमेन्ट घट्दा त्यसले बैंकमा पनि असर परेको बताए।

‘आर्थिक स्थिति सबल छ तर फिलिङ नकारात्मक छ। आर्थिक सिथिलता भयो भनेर सुनिन्छ,’ उनले भने, ‘बिदेशी मुद्राको सञ्चिती ऐतिहासिक विन्दुमा पुग्नु सकारात्मक विषय हो। ग्राहकलाई समस्या पर्नुमा हाम्रो पनि कमजोरी छ ।’

ठूला ऋणीहरूले ठूलो कर्जाको माग गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ । उनले थपे ‘खराब कर्जा बढेको होइन, यस वर्ष रियल पिक्चर बाहिर आएको हो। बैंकहरु नाफाखोर छैनन्। मिटरब्याजीको आछ्यप लगाउनु गलत हो।’

Ad