Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सिद्धार्थ र एनबी इन्स्योरेन्स : कसको मुनाफा कति ?

admin २०७३ मंसिर १ गते
सेयर:

siddarthaसिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो त्रैमासमा ३ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ७१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थले २ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ३३ दशमलव ३३ प्रतिशतले बढेको छ । यो अवधिमा कम्पनीले ६ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ भने खर्च ३६ दशमलव ८४ प्रतिशतले बढेर २ करोड ६४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले बीमा शूल्कवापत २१ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको तुलनामा ४७ प्रतिशत बढी हो । त्यस्तै, कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २२ प्रतिशत बढी अर्थात् ७ करोड ६४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । यो अवधिसम्ममा कम्पनीले ३० हजार ६ सय ९६ वटा बीमालेख जारी गरेको छ भने ९ सय ८२ वटा दाबी भुक्तानी गरेको छ ।

कम्पनीले जगेडकोषमा १६ करोड ५० लाख रुपैयाँ र बीमाकोषमा ३२ करोड १७ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ दशमलव ०३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २ सय २६ दशमलव ६५ गुणा र प्रतिशेयर नेटवर्थ २ सय ५४ दशमलव ०३ रुपैयाँ रहेको छ ।

nbत्यस्तै, एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड २० लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनबीले एक करोड ६ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

२६ करोड ५६ लाख ५६ हजार रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले पहिलो त्रैमासमा एक करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीको खर्च पनि गत आर्थिक वर्षको तुलनामा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १७ लाख ४३ हजार रुपैयाँ खर्च गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा २९ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ । 

यो अवधिमा कम्पनीले ११ हजार छ सय ७३ वटा बीमालेख जारी गरी बीमा शूल्कवापत १६ करोड २२ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, एक करोड २४ लाख २१ हजार रुपैयाँ बराबरका पाँच सय ८४ वटा बीमा दाबी भुक्तानी गरेको छ । 
 
कम्पनी चार करोड ४२ लाख ३३ हजार रुपैयाँ राखेको छ भने बीमा कोषमा ५ करोड ७९ लाख ५० हजार रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रति शेयर आम्दानी वार्षिक १८.१७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४.५४ गुणा, प्रति शेयर नेटवर्थ ८२.५२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तीको मूल्य २३५.५१ रुपैयाँ रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।