Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

फरक क्षमता भएका व्यक्तिहरुलाई बैंकहरुमा विशेष काउन्टर

२०८० फाल्गुन ८ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले फरक क्षमता भएका व्यक्तिहरुलाई बैंकहहरुले विशेष काउन्टर तोकेर बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने अवगत गराएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस विषयमा फेरि अवगत गराएको हो।

बैंक तथा वित्तीय संस्थाहरुले फरक क्षमता भएका, ज्येष्ठ नागरिक र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा दिनुपर्ने व्यवस्था रहेको केन्द्रीय बैंकले जनाएको छ।

त्यस्तै स्थानीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एक शाखा र एटीएम लाउन्ज भएका स्थानमा एउटा एटीएम अपांगमैत्री बनाउनुपर्ने र अपांगता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले ती सेवा उपभोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ।