Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गुराँसको नाफा ६४.५९ प्रतिशतले बढ्दा किन घट्यो प्राइमको नाफा ?

admin २०७३ कार्तिक ३० गते
सेयर:

gurashनिजी क्षेत्रको जीवन बीमा कम्पनी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा  ८९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४ दशलमव ५९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा गुराँसले ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बीमाको आम्दानी ८७ दशमलव ५ प्रतिशतले बढेर १ करोड ५१ लाख रुपैयाँ पुगेको छ भने खर्च ७४ दशमलव २८ प्रतिशतले बढेर ६१ लाख रुपैयाँ पुगेको छ । कम्पनीले हालसम्म बीमा शुल्कवापत कुल ३ अर्ब ३५ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ भने कुल १४ करोड ५६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । 

कम्पनिको प्रतिशेयर आम्दानी वार्षिक २ दशमलव १८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १ सय ३० दशमलव २९ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ११ दशमलव ९३ रुपैयाँ रहेको छ ।

primeयता, निजी क्षेत्रकै अर्को जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ३८ प्रतिशतले घटेको छ । कम्पनीले २ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । जबकि गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइमले २ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीको आम्दानी २ दशमलव ३२ प्रतिशतले घटेर ४ करोड २३ लाख रुपैयाँ पुगेको छ भने खर्च ११ दशमलव ७६ प्रतिशतले बढेर १ करोड ९६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमाशुल्क खुद ३७ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी खुद ७ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १८ दशमलव ६२ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ४६ दशमलव ४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १ सय २२ दशमलव २२ गुणा रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।