Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुको औसत खराब कर्जाको दर ५ प्रतिशत नजिक

२०८० माघ २६ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा उच्च जोखिममा परेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो रिपोर्ट अनुसार वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) को दर ५ प्रतिशत नजिक पुगेको हो ।

केन्द्रीय बैंकको पुस मसान्तसम्मको रिपोर्ट अनुसार वाणिज्य बैंकहरुको खराब कर्जाको दर हालसम्मकै उच्च ४.२६ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले कूल कर्जा लगानीको ५ प्रतिशतभन्दा कम कर्जा जोखिम रहने बैंकलाई कम जोखिम युक्त मान्छ । तर, पछिल्लो पटक बैंकहरुको खराब कर्जाको दर स्वाभाविक बढ्दै तोकिएको सीमा नजिक पुग्दा उच्च जोखिम बढेको हो ।

मंसिर मसान्तसम्म बैंकहरुको यस्तो एनपीएल दर ३.७९ प्रतिशत हाराहारी रहेको थियो । तर, पछिल्लो महिना बैंकहरुको निष्क्रिय कर्जा ह्वातै बढेसँगै जोखिम पनि बढेर गएको हो ।

केन्द्रीय बैंकका अनुसार पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले ५४ खर्ब २९ अर्ब ६८ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गर्दै ४४ खर्ब ९१ अर्ब ३३ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन तथ्यांक अनुसार बैंकहरुको १ खर्ब ९१ अर्ब ३३ लाख ७ हजार रुपैयाँ लगानी जोखिममा परेको छ ।