लक्ष्मी बैंकले मंगलबार एकै दिन दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पाल्पाको रामपुर र भक्तपूरको कौशलटारमा शाखा विस्तार गरेको हो । आफ्नो सेवाहरु सहज रुपमा पुर्याउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भूमिका भएको रामपुर बजार र कौशलटारका ग्राहकहरुलाई शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोनमार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास बैंकले लिएको छ । यी शाखाहरुमार्फत सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरु र व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ ।
लक्ष्मी बैंकको शाखा संजाल अब ५९, २ विस्तार काउन्टर अनि ७९ ए टि एम पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।