Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विकास ऋणपत्रको ब्याजदर ५ प्रतिशत विन्दुले घट्यो

२०८० माघ ११ गते

बैंकिङ खबर/सरकारले विकास निमार्णका लागि लिने आन्तरिक ऋणको ब्याज ५ प्रतिशत विन्दुले घटेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएसंगै कर्जाको माग बढ्न नसक्दा ब्याजदर घटेको हो । नेपाल राष्ट्र बैंकले सरकारका लागि विकास ऋण संकलनका लागि बिहीबार जारी गरेको विकास ऋणपत्रको कटअफ रेट ५.८४ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो १४ महिनाको अवधिमा विकास ऋणपत्रको कटअफ रेट ४.८ प्रतिशत विन्दुले घटेको हो । यसभन्दा अघि २०७९ मंसिर १३ गतेको ऋणपत्रको कटअफ रेट १०.६४ प्रतिशत रहेको थियो ।

गत आर्थिक वर्षमा मूल्य वृद्धि नियन्त्रणका लागि केन्द्रीय बैंकले ब्याजदर बढाएको थियो । त्यसका साथै बैंक तथा वित्तीय संस्थामा तरलता तथा कर्जा लगानी योग्य रकमको अभाव हुने तथा निक्षेपको खोसीने भएपछि ब्याजदर बढाएका थिए । साथै अघिल्लो आर्थिक वर्ष अधिक कर्जा लगानीले बैंकहरुको कर्जा निक्षेप अनुपातमा दबाब परेपछि निक्षेप बढाउनु पर्ने अवस्था आयो । त्यसले गर्दा पनि बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाए । निक्षेपको ब्याजदर बढेपछि विकास ऋणपत्रको ब्याजदर पनि दोहोरो अंकमा पुगेको थियो । विकास ऋणपत्र, ट्रेजरी बिल्स, अन्तर बैंक लगायतका अधिकासं दरहरु दोहोरो अंकमा पुगेका थिए ।

तर, केन्द्रीय बैंकले कर्जा लगानीमा गरेको नियन्त्रणले बैंक तथा वित्तीय संस्थामा तरलता बढ्न थाल्यो । त्यसका साथै कर्जा प्रबाह गर्ने सन्दर्भमा पनि केन्द्रीय बैंक कडा भएसंगै अर्थतन्त्रमा देखिएको मन्दीका कारण बैंक तथा वित्तीय संस्थामा कर्जाको माग आउन छाड्यो । कर्जाको माग घटेसंगै निक्षेप बढ्ने क्रम बढेपछि अधिक तरलताको अवस्था बन्यो । वित्तीय प्रणालीमा अधिकत तरलता भएसंगै सरकारलाई आन्तरिक ऋण उठाउने लागत समेत घट्दै गएको छ ।

Ad