Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुकाे खराब कर्जा बढ्दा आत्तिनु पर्दैनः गभर्नर

२०८० माघ १० गते

 

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा बढ्दा नआत्तिकन असुलीमा जोड दिन बैंकहरुलाई सुझाव दिएका छन् । बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले बैंकहरूको एनपीएलको विषयमा धेरै चिन्ता लिन नपर्ने बताएका हुन् । पछिल्लो समय बैंकको एनपीएलको विषयमा धेरै चिन्ता चासो बढेको बताउँदै उनले खराब कर्जा बढ्नु सामान्य विषय रहेको धारणा राखेका हुन् ।

अर्थतन्त्र सुस्त भएको बेला यो किसिमको खराब कर्जा हुनु स्वभाविक रहेको गभर्नर अधिकारीले बताए । साथै, उनले अब बैंकहरूले कर्जा असुलीमा जोड दिनु पर्ने पनि बताए । राष्ट्रिय वाणिज्य बैंकको सुधारमा राष्ट्र बैंकले सुपरिवेक्षणको पनि योगदान रहेको उनले बताए ।

Ad