Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

तीन विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा

२०८० माघ ७ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन वटा विकास बैंक र एउटा फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नियमविपरीत काम गरेको भन्दै राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले ती संस्थालाई कारबाही गरेको हो ।

राष्ट्र बैंकको कारबाहीमा पर्ने वित्तीय संस्थाहरुमा एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र रिलायन्स फाइनान्स कम्पनी छन् । तीमध्ये तीनवटा विकास बैंकमा सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ भने रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई नसिहत दिइएको राष्ट्र बैंकले जनाएको छ ।