Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा वित्तीय संस्थामा ६१ खर्बभन्दा बढी निक्षेप थुप्रियो

२०८० माघ ४ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत पुस २७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ।

जसमा वाणिज्य बैंकहरुको ५४ अर्ब ७ अर्ब रुपैयाँ र बाँकी ६ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप विकास बैंक र फाइनान्स कम्पनीको छ। पछिल्लो समय बैंकहरुमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढीरहेको छ। यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिरहेको छ। उक्त अवधिसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८०.१४ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

पुस महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाको निक्षेप ८९ अर्ब रुपैयाँले बढेको छ। मंसिर अन्तिमसम्ममा बैंकहरुले कुल ४९ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। पुसमा कर्जा लगानी ६२ अर्ब रुपैयाँले बढेको छ।

पुस २७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ५० खर्ब ५८ अर्ब रुपैयाँले बढेको छ । बैंक, वित्तीय संस्थामा लगानीयोग्य रकम बढ्दै गएपछि ब्याजदर लगातार घट्न थालेको छ । विप्रेषण आप्रवाहमा देखिएको सुधारसँगै निक्षेप बढे पनि त्यसअनुसार कर्जा प्रवाह नभएपछि बैंकहरूले ब्याजदर घटाउँदै आएका हुन् ।