Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन ७७ अर्ब अमेरिकी डलर चाहिन्छ: राष्ट्र बैंक

२०८० पुष २५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले नेपाललाई जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन कम्तिमा ७७ अर्ब अमेरिकी डलर चाहिने जनाएको छ । आज ‘नेपाल ग्रीन फाइनान्सियल ट्याक्सोनोमी’ मस्यौदा सार्वजनिक गर्दै जलवायु परिवर्तनको लक्ष्य भेट्टाउन कम्तिमा ७७ अर्ब अमेरिकी डलर चाहिने जनाएको हो ।

राष्ट्र बैंकका अनुसार विश्वव्यापीरुपमा बढिरहेको जलवायु परिवर्तन रोक्न र यसबाट जोगिन स्रोतको व्यापक खाँचो रहेको उल्लेख गरेको छ । नेपालले सन् २०२३ सम्म दिगो विकासको लक्ष्य भेट्टाउने योजना बनाएको छ । त, यसका लागि चाहिने स्रोत विशाल रहेको समेत केन्द्रीय बैंकको भनाई छ ।

सन् २०३० सम्म दिगो विकासको लक्ष्य भेट्ने नेपालको योजना सार्वजनिक क्षेत्रको मात्रै लगानीमा सम्भव नहुने केन्द्रीय बैंकको प्रक्षेपण छ । यसका लागि नेपालको निजी क्षेत्रले समेत लगानी बढाउनुपर्ने हुन्छ । यसका लागि निजी क्षेत्रले ‘हरित अर्थतन्त्र’ निर्माणमा आफ्नो दक्षता र क्षमतासहितको लगानी बढाउनुपर्ने बैंकले जनाएको छ ।

निजी क्षेत्रमध्ये पनि ‘जेरो कार्बन इमिसन’को लक्ष्य हासिल गर्न बैंक तथा वित्तीय क्षेत्रको लगानी अपरिहार्य हुने बताइएको छ । नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी’को मस्यौदामा यी विषय उल्लेख गरेको हो । यो मस्यौदामा सुझाव र राय माग गर्दै राष्ट्र बैंकले दुई महिनाभित्र सुझाव उपलब्ध गराउन सरोकारवालालाई भनेको छ ।