Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक खर्ब ४१ अर्बले बढ्यो निक्षेप, कर्जा प्रवाह कति ?

२०८० पुष २३ गते

बैंकिङ खबर/ विगत डेढ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप एक खर्ब ४१ अर्ब रूपैयाँ बढेको छ भने कर्जा लगानी भने ५६ अर्ब रूपैयाँ मात्र बढेको छ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार गत मंसिर ५ गते बैंकहरूमा ५९ खर्ब ३५ अर्ब रूपैयाँ निक्षेप थियो। पुस १९ गते बैंकहरूमा निक्षेप ६० खर्ब ७६ अर्ब रूपैयाँ पुगेको छ।

त्यस्तै कर्जा लगानी ४९ खर्ब ७६ अर्ब रूपैयाँबाट बढेर ५० खर्ब ३२ अर्ब रूपैयाँ पुगेको छ। बैंकहरूसँग अझै पनि करिब ६ खर्ब चार अर्ब रूपैयाँ बराबर रकम कर्जा लगानीका लागि छ।

बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भए पनि हाल ८०.०५ प्रतिशत बराबर मात्रै कर्जा लगानी गरेका छन्।

बैंकहरूले पुस मसान्तपछि दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय भएकाले पनि उनीहरूले कर्जा लगानीभन्दा खराब कर्जा असुलीलाई प्राथमिकतामा राखिरहेका छन्।