
बैंकिङ खबर/ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको एक विवादमा उनीमाथि सरकारले गरेको कारबाही सम्बन्धी फाइल पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्चले गभर्नर अधिकारीको योग्यतासम्बन्धी विवाद पूर्ण सुनुवाइका बेलामा नै निरुपण हुन उचित हुने भन्दै सरकारले निलम्बन गरेपछि दायर भएको मुद्दाको मिसिल पेश गर्न आदेश दिएको हो। अधिकारीको कार्यशैलीमा प्रश्न उठाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति समेत गठन भएको थियो।
आफूलाई असहयोग गरेको भन्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदबाट उनीमाथिको कारबाही अघि बढाएका थिए। सर्वोच्चले पूर्ण सुनुवाईका लागि सोही निर्णयको फाइल पेश गर्न भनेको हो।


