Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लुम्बिनी प्रदेशमा बैंकहरुको कुल कर्जा लगानीमा २.७१ प्रतिशतले वृद्धि

२०८० पुष १९ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशबाट संकलन गरेको कुल निक्षेप गत वर्षको तुलनामा १८.६६ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ६ अर्ब ९६ करोड ३ लाख पुगेको छ ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार जिल्लाहरुको कुल निक्षेपको अवस्था तुलना गर्दा समीक्षा वर्षमा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४३.३३ प्रतिशत रहेको छ भने रुकुम पूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.२९ प्रतिशत रहेको छ ।

त्यसैगरी, कुल निक्षेपमा बाँके, दाङ, कपिलवस्तु, पाल्पा, गुल्मी, नवलपरासी(ब.सु.प.), अर्घाखाँची, बर्दिया, प्यूठान र रोल्पाको हिस्सा क्रमश ११.३० प्रतिशत, १०.६५ प्रतिशत, ६.६१ प्रतिशत, ६.५३ प्रतिशत, ५.६६ प्रतिशत, ५.६० प्रतिशत, ३.४२ प्रतिशत, ३.२० प्रतिशत, २.१४ प्रतिशत र १.२६ प्रतिशत रहेको छ ।

चल्ती निक्षेप

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशबाट परिचालन गरेको चल्ती निक्षेप गत वर्षको तुलनामा ५.९३ प्रतिशतले वृद्धि भई रु.३७ अर्ब ६८ करोड ४९ लाख पुगेको छ । गत आर्थिक वर्षमा यस्तो

निक्षेप १०.८२

प्रतिशतले ह्रास भएको थियो । समीक्षा वर्षमा यस प्रदेशको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ७.४३ प्रतिशत रहेको छ ।

बचत निक्षेप

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशबाट परिचालन गरेको बचत निक्षेप गत वर्षको तुलनामा १०.८१ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ९५ अर्ब ४६ करोड १८ लाख पुगेको छ ।

गत आर्थिक वर्षमा यस्तो निक्षेप १३.७२ प्रतिशतले ह्रास भएको थियो । समीक्षा वर्षमा यस प्रदेशको कुल निक्षेपमा बचत निक्षेपको अंश ३८.५५ प्रतिशत रहेको छ ।

मुद्वती निक्षेप

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशबाट परिचालन गरेको मुद्धती निक्षेप गत वर्षको तुलनामा २९.३१ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ४४ अर्ब ९ लाख पुगेको छ ।

गत आर्थिक वर्षमा यस्तो निक्षेप ४७.३३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा यस प्रदेशको कुल निक्षेपमा मुद्धती निक्षेपको अंश ४८.१३ प्रतिशत रहेको छ ।

अन्य निक्षेप

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशबाट परिचालन गरेको अन्य निक्षेप गत वर्षको तुलनामा १२.१४ प्रतिशतले वृद्धि भई रु. २९ अर्ब ८१ करोड २७ लाख पुगेको छ ।

गत आर्थिक वर्षमा यस्तो निक्षेप ६.९२ प्रतिशतले ह्रास भएको थियो । समीक्षा वर्षमा यस प्रदेशको कुल निक्षेपमा अन्य निक्षेपको अंश ५.८८ प्रतिशत रहेको छ ।

कुल कर्जा

समीक्षा वर्षमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा गत वर्षको तुलनामा
२.७१ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ५३ अर्व ३४ करोड १८ लाख पुगेको छ । गत आर्थिक वर्षमा १४.९८
प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाको यस प्रदेशको

कर्जा/निक्षेप

अनुपात १०९.२९ प्रतिशत रहेको छ । जिल्लाहरुको कुल कर्जाको अवस्था तुलना गर्दा समीक्षा वर्षमा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४९.२१ प्रतिशत रहेको छ भने रुकुम पूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.१६ प्रतिशत रहेको छ ।

त्यसैगरी, समीक्षा वर्षमा कर्जा/ निक्षेप अनुपात सबैभन्दा धेरै १५४.३९ प्रतिशत बाँके जिल्लामा रहेको छ भने सबैभन्दा कम १७.६५ प्रतिशत अर्घाखाँची जिल्लामा रहेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुका यस प्रदेशमा ऋणीहरुको सङ्ख्या गत वर्षको तुलनामा ७.५७ प्रतिशतले ह्रास भई २ लाख ९४ हजार ४९२ पुगेको छ ।

विपन्न वर्ग कर्जा

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशमा प्रवाह गरेको विपन्न वर्ग कर्जा गत वर्षको तुलनामा
०.९० प्रतिशतले ह्रास भई रु.४२ अर्ब ५ करोड २९ लाख पुगेको छ ।

गत वर्ष यस्तो कर्जा २९.०१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा यस प्रदेशको कुल कर्जामा विपन्न वर्ग कर्जाको ७.५९ प्रतिशत हिस्सा रहेको छ ।

सहुलियतपूर्ण कर्जा

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशमा प्रवाह गरेको सहुलियतपूर्ण कर्जा गत वर्षको तुलनामा १०.५४ प्रतिशतले ह्रास भई रु.२९ अर्ब ८४ करोड ३३ लाख पुगेको छ ।

प्रदेशको कुल

 समीक्षा वर्षमा यस कर्जामा सहुलियतपूर्ण कर्जाको ५.२४ प्रतिशत हिस्सा रहेको छ । इजाजतपत्रप्राप्त मनिचेञ्जर तथा विदेशी मुद्रा सटही एजेन्सी समीक्षा वर्षमा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर र नेपालगञ्ज कार्यालयहरुबाट इजाजतपत्र प्राप्त मनिचेञ्जर तथा विदेशी मुद्रा सटही एजेन्सीहरुको सङ्ख्या ७५ रहेको छ ।

जसमध्ये, मनिचेञ्जर ५९, होटल/रिसोर्ट ८, ट्राभल एजेन्सी २, ट्रेकिङ्ग एजेन्सी १ र अन्य १ वटा रहेका छन । कुल एजेन्सीहरुमध्ये सबैभन्दा धेरै रुपन्देही जिल्लामा ४५ वटा र सबैभन्दा कम नवलपरासी (ब.सु.प.)मा १ वटा मात्र रहेका छन् ।