Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

वस्तु आयत निर्यात दुवै घट्यो, ५ महिनाको वैदेशिक ब्यापार ७ खर्ब ५ अर्ब

२०८० पुष ८ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ५ महिना अवधिमा वैदेशिक व्यपार घटेको छ। गत वर्षको यही अवधीको तुलनामा यस वर्षको वैदेशिक ब्यापार ३ दशमलव ६४ प्रतिशतले घटेको हो । ५ महिना अवधिमा वस्तु आयत ६ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको भएको छ।

गत वर्षको यही अवधिमा ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको भएको थियो । त्यस्तैगरी मंसिर मसान्तसम्म वस्तु निर्यात ६३ अर्ब रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा ६७ अर्ब रुपैयाँ बराबरको भएको थियो ।