Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१७.११ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल

२०८० पुष ६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले १७ अर्ब ११ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १७ अर्ब ११ करोड २५ लाख रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो।

जसमा २८ दिने ५ अर्ब रुपैयाँ, ९१ दिने १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः माघ ९ गते, चैत १३ गते र २०८१ पुस ९ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल पुस ११ गते जारी हुनेछ। यसको बोलकबोल पुस ८ गते दिउँसो २ बजे हुनेछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।