निजी क्षेत्रको जीवन बीमा कम्पनी मेट लाईफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ११ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीको आम्दानी ४ गुणाले बढेर ७ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने खर्च लगभग ३ गुणाले बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अवधिमा बीमा शुल्क (खुद) ७३ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ५३ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले यस अबधिमा २६ करोड ६२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी (खुद) गरेको छ । जबकि गत वर्ष सोहि अवधिमा २५ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
मेट लाईफले जगेडाकोषमा ७७ करोड १८ लाख रुपैयाँ राखेको छ भने बीमा कोषमा ११ अर्ब ७९ करोड १३ लाख रुपैयाँ राखेको छ ।


