Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सेयर धितो कर्जा बढ्न थाल्यो

२०८० पुष ४ गते

बैंकिङ खबर/पछिल्लो समय मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाह बढ्न थालेको छ। मार्जिक प्रकृतिको एकल ग्राहक कर्जा सीमा बढेसँगै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा बढ्न थालेको हो।

लगानीकर्ताले मार्जिन प्रकृतिको एकल ग्राहक कर्जा व्यक्तिगतर्फ रुपमा १५ करोडसम्म र संस्थागत रुपमा अधिकतम २० करोडसम्म कर्जा लिन सकिने व्यवस्था छ। २०८०

असोजअघि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था थियो।
चालू आर्थिक वर्षको चार महिना अर्थात् कात्तिकसम्म वाणिज्य बैंकले ६३ अर्ब ६० करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितोमा कर्जा दिएको छैन।

कात्तिकसम्म सबैभन्दा धेरै सेयर धितो दिनेमा नबिल बैंक रहेको छ। नबिल बैंकले बैंकले १० अर्ब ९४ करोड ६३ लाख ६० हजार रुपैयाँ कर्जा दिएको छ। नेपाल एसबीआई बैंकले सबैभन्दा कम सेयर धितो कर्जा दिएको छ।

धेरै सेयर धितो कर्जा दिनेको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ६ अर्ब २९ करोड ९३ लाख ४० हजार रुपैयाँ कर्जा दिएको छ । यस्तै एनआईसी एशिया बैंकले ४ अर्ब ६४ करोड ४४ लाख, नेपाल बैंकले ४ अर्ब ४५ करोड ३७ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २६ करोड ३६ लाख, प्राइम बैंकले ४ अर्ब १२ करोड रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन्।

कात्तिक मसान्तसम्म सिद्धार्थ बैंकले ३ अर्ब ९६ करोड ५२ लाख, सिटिजन्स बैंकले ३ अर्ब ९१ करोड, कुमारी बैंकले ३ अर्ब ७७ करोड ५६ लाख, प्रभु बैंकले ३ अर्ब ६५ करोड ४१ लाख र लक्ष्मी सनराइज बैंकले ३ अर्ब २८ करोड ४४ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन्।

यस्तै हिमालयन बैंकले २ अर्ब ५२ करोड ३४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ४० करोड ८१ लाख रुपैयाँ कर्जा दिएका छन्। राष्ट्र बैंकका अनुसार एभरेष्ट बैंकले १ अर्ब ३६ करोड सानिमा बैंकले १ अर्ब २२ करोड ३३ लाख, कृषि विकास बैंकले १ अर्ब १७ करोड ९१ लाख, एनएमबि बैंकले १ अर्ब ६ करोड ४६ लाख, माछापुच्छ्रे बैंकले ४९ करोड ८४ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् भने नेपाल एसबिआई बैंकले २ करोड ३९ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन्।

साथै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तीनमहिने समीक्षा मार्फत ५० लाख माथिको सेयर धितो कर्जाको जोखिम भार घटाएको छ। यसअघि सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत १५० प्रतिशतलाई घटाएर १२५ प्रतिशत बनाएको छ। योसँगै आगामी दिनमा यस्तो कर्जा बढ्ने आँकलन गर्न सकिन्छ।

पछिल्लो समय कर्जाको माग घटिरहेको बेलामा बैंकहरु सेयर धितो कर्जाको स्किम ल्याउन थालेका छन्। साथै, कर्जाको प्रिमियम घटाएर कर्जा दिन थालेका छन्। बजार तल्लो विन्दुमा हुँदा औसत मूल्यको ७० प्रतिशतसम्म कर्जा दिने गरेका छन्।