Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुमा एकैदिन थपियो ८ अर्ब निक्षेप, लगानीयोग्य रकम साढे ५ खर्बभन्दा बढी

२०८० पुष २ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन ६० खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर २८ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको हो।

मंसिर २७ गतेसम्ममा कुल निक्षेप ५९ खर्ब ९५ अर्ब रहेकोमा २८ गते ८ अर्ब रुपैयाँले बढेर ६० खर्ब माथि पुगेको हो। यो निक्षेप बैंक तथा वित्तीय संस्थामा हालसम्मकै उच्च हो।

यसमा वाणिज्य बैंकहरुको मात्रै कुल निक्षेप ५३ अर्ब १३ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्याँकले देखाउछ। बैक तथा वित्तीय संस्थामा निक्षेप संकलन लगातार बढ्दो क्रममा छ। जसले गर्दा लगानी योग्य रकम निरन्तर बढ्दै गएको छ। गत विहीबारसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८०.३६ प्रतिशतमा झरेको छ। यसअनुसार बैंकहरुमा अहिले साढे ५ खर्बभन्दा धेरै लगानी योग्य रकम थुप्रिएको देखिन्छ।

बिहीबारसम्ममा बैंकहरुको कर्जा लगानी पनि करिब ५० खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। बिहीबारसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४९ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ। यसमा वाणिज्य बैंकहरुको मात्रै लगानी ४४ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।