
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्दै छ । राष्ट्र बैंकको सञ्चालक समितिमा अहिले समिक्षा पारित गर्न छलफल भइरहेको छ ।
बिहीबार दिउँसो गभर्नर महाप्रसाद अधिकारीले अध्यक्षता गर्ने व्यवस्थापन समितिले समीक्षा पारित गरिसकेको छ। राष्ट्र बैंकले करिब एक महिना ढिलो गरेर समिक्षा सार्वजनिक गर्न लागेको हो । राष्ट्र बैंकले समीक्षामा मौद्रिकतर्फभन्दा बढी नियामकीय प्रवाधानहरु चलाउने तयारी गरेको छ।
ब्याज दर घट्दो क्रममा रहेकाले उसले मुद्रा प्रदाय बढाउने रणनीतिभन्दा नियामकीय प्रावधानले अप्ठेरो पारेको क्षेत्रहरुलाई खुकुलो बनाउन लागेको हो


