Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंगलबार

२०८० मंसिर १७ गते

बैंकिङ खबर/चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंगलबार हुने भएको छ। यसका लागि नेपाल राष्ट्र बैंकले बोर्ड बैठक डाकेको हो। सो बैठकसँगै मंगलबार नै मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिएको हो।

नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यालयका अनुसार बोर्ड बैठकको लागि सबै सदस्यहरुलाई निम्ता गरिसकिएको छ। चालू आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा भएको छैन। तीन महिनाको तथ्यांकहरु प्रकाशनपछि त्यसकै आधारमा नीतिहरुको ‘रिभ्यू’ गर्ने काम राष्ट्र बैंकले गर्दै आएको छ।