Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

२०८० मंसिर १७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले एक हप्ते अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत रकम संकलन गर्न लागेको हो । उक्त निक्षेप आगामी मंसिर २४ गते परिपक्व हुनेछ । ‘क,’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार अपरान्ह २ बजेसम्म आवेदन दिन सक्ने केन्द्रीय बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने छ । अहिले बजारमा ५ खर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।